नियम
समूह तथा उपसमूहहरू
(१) ऐनको दफा ७ को उपदफा (१) को प्रयोजनको लागि
सेवाको कामको प्रकृति, सो सम्पादन गर्न चाहिने न्यूनतम योग्यता र कार्य विशिष्टता
समेतको आधारमा सेवा भित्रका समान प्रकृतिका पदहरू समावेश भएका समूह तथा
उपसमूहहरू अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछन ।
 दोस्रो संशोधनद्वारा संशोधित ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ
हँुदाका बखत सेवा, समूह तथा उपसमूहमा बहाल रहेका कर्मचारीहरूको हकमा निजलाई
त्यस्तो समूह तथा उपसमूहमा प्रवेश गर्न तोकिएको योग्यता नै यस नियमको प्रयोजनको
निमित्त न्यूनतम योग्यता मानिनेछ ।